पेट्रोलको भाउ लिटरमा १ रूपैयाँ घट्यो, डिजेलमा प्रतिलिटर २ रूपैयाँ घट्यो

Thankot Times

थानकोट ।

इन्धनको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु. एक, डिजेलमा रु. दुई, हवाई इन्धनमा आन्तरिकमा रु. छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. दुई घटाइएको जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ ।

साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *