जिल्ला प्रशासन कार्यालयले माग्यो चन्द्रागिरिमा भएका सार्वजनिक जग्गाको विवरण

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अतिक्रमित सार्वजनिक जग्गाबाट हटाइएका घरटहराको संख्या र खाली गराइएको जग्गाको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई कार्यालयले पत्राचार गरेको हो ।

पत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचिको बुँदा नं. ९२ मा रहेको सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएका खाली गराउने अभियान अन्तर्गत गृह मन्त्रालयको यहि असार १९ गतेको पत्रको चलानी नं. ९१४ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८३ असार २५ गते पत्र निकालेर स्थानीय तहहरुसँग स्थानीय तहको नाम, वडा, खाली गरिएको जग्गाको क्षेत्रफल र हटाइएका घर/टहराको संख्या आदी विवरण तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउन प्रशासकीय अधिकृत सुजन कुमारी वर्देवाले सूचना निकालेर अनुरोध गरेका हुन् ।

पत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नं. ३५४७ को पत्र र सामान्य प्रशासन मन्त्रालयको चलानी नं. ४९६ को पत्रअनुसारको ढाँचामा विवरण उपलब्ध गराउन भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *