सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *