सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *