सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।














