मनकामना केबलकार कार्तिक १७ र १८ गते दुई दिन बन्द हुने

Thankot Times

थानकोट ।

मनकामना केबलकारको सेवा तिहारका २ दिन बन्द रहने भएको छ ।

मनकामना केबलकार सेवाको प्रवर्द्धक मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै कार्तिक १७ गते गोवर्धन पूजा/म्हपूजा र कार्तिक १८ गते भाइटीका/किजा पूजाको दिन केबलकार सेवा बन्द गरिने जनाएको हो ।

केबलकार कार्तिक १९ गते सोमबार देखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

दैनिक हजारौं यात्रु मनकामना केबलकार हुँदै मनकामना मन्दिर क्षेत्रसम्म पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *