सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो कारोबार दिन गत शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ ।

आज आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *