उपनिर्वाचनः कीर्तिपुरमा मतगणनाको परिणाम सुन्न व्यग्र प्रतिक्षा, मतगणनास्थलमा भीड

Thankot Times

थानकोट । 

कीर्तिपुरमा मेयर तथा २ वटा वडाका वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । 

कीर्तिपुर नगरपालिकाको प्रशासनिक भवनको सभाहलमा मतगणनाको तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरका सबै १० वटै वडामा रहेका २० मतदान केन्द्रबाट मतपेटीका नगरपालिकाको कार्यालय पुर्याइएको स्थानीय सञ्चारकर्मीहरूले जानकारी दिए । 

अहिले कीर्तिपुर नगरपालिका वरपर स्थानीयको भीड लागेको छ । केहीबेरमा सर्वदलीय बैठकपछि मतगणनाको कार्य सुरु हुनेछ । पहिले वडा नं. १ र ४ को मतगणना हुने र सो पछि मेयर पदको मतगणना गरिने निर्वाचन आयोगले यसअघि नै जानकारी गराइसकेको छ ।

 ३१ हजार १ सय २२ जना मतदाता रहेको कीर्तिपुर नगरमा २० हजार ३४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तस्बिरः केबि सिंह


Leave a Reply

Your email address will not be published. Required fields are marked *