काभा भलिबल च्याम्पियनशिप: नेपालकाे लगातार दाेस्राे हार
थानकोट ।
पाकिस्तानमा बुधबार (साउन ०६) देखि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ ।
आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भयो ।
श्रीलङ्काले पहिलो सेट २५–१८, चौथो सेट २५–२१ र पाँचौँ सेट १५–१० ले जित्यो । नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो ।
यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकस्तानसँग पनि ३–२ को सेटमा पराजित भएको थियो ।
यही साउन १३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन् ।
राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।










