आजदेखी साउन ४ गतेसम्म देशभरका विद्युत महशुल काउन्टर बन्द रहने
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले महसुल संकलनका लागि सञ्चालन हुँदै आएको काउन्टर सेवा साउन १ देखि ४ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
प्राधिकरणको कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाका अनुुसार नेपालसरकारबाट नयाँ आर्थिक वर्ष २०८३ बाट ग्राहकहरूको विद्युत महशुलमा भ्याट लागू गर्ने निर्देशन अनुसार एमपावर बिलिङ सिस्टममा भ्याट को प्याच सुचारु गर्नुपर्ने भएका कारण महशुल काउन्टर बन्द गरिन लागेका हुन् ।
सेवाग्राहीहरूले ई-सेवा, खल्ती, कनेक्ट आईपीएस, मोबाइल बैंकिङलगायत स्वीकृत डिजिटल माध्यमबाट पुरानो महशुल भने भुक्तानी गर्न सक्ने जनाइएको छ ।
सूचना हेराैंः









