नागढुङ्गा नाकाबाट अवैध काठ बरामद, ट्रकसहित चालक पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौं भित्र्याउँदै गरिएको सात टन ९ सय किलो अवैध काठको गोलियासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकामा गत मंगलबार बिहान करिब ४ बजे गरिएको जाँचका क्रममा काठ बोकेको ट्रक फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार नवलपरासीबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१-००६ ख ८५८४ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो।

ट्रकभित्र अनुमानित चार लाख ४१ हजार २६५ रुपैयाँ मूल्य बराबरको सात टन ९ सय किलो काठको गोलिया फेला परेको हो।

प्रहरीले ट्रक चालक बर्दियाको ठाकुरबाबा नगरपालिका–६ निवासी २६ वर्षीय राजन थारूलाई नियन्त्रणमा लिएको छ।

बरामद गरिएको काठ, ट्रक र चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौंको हात्तीसारस्थित जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *