अनेरास्ववियुको महाधिवेशन आगामी जेठ महिनामा
थानको ट।
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशन २०८२ जेठमा हुने भएको छ ।
स्थायी कमिटी बैठकले जेठ १-४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
यसअघि २०८१ चैतमा महाधिवेशन गर्ने तयारी भएको थियो ।
समिक बडाल नेतृत्वको कमिटीले यही फागुन ५ गते दुई वर्षको कार्यकाल पूरा गर्दैछ ।














