रास्वपा चन्द्रागिरि नगरपालिका वडा नं. १५ को अधिवेशन माघ २६ मा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानामा पहिलो वडा अधिवेशन माघ २६ मा आयोजना गर्ने भएको छ ।
सो पार्टीका काठमाडाैं जिल्ला सभापति प्रदीप विष्टका अनुसार तीनथानास्थित अंकुर बेकरीमा वडा अधिवेशन आयोजना हुनेछ ।
सो दिन नागार्जुन वडा नं. ५, दक्षिणकाली वडा नंं. ४ र ६, टोखा नगरपालिका वडा नं. १ र ३, काठमाडाैं महानगरपालिका वडा नं. ३० मा समेत वडा अधिवेशन आयोजना हुने विष्टको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमको प्रमुख उपस्थितिमा गत साता चन्द्रागिरि नगरपालिकाका वडा नं ५, ८ र १० को वडा अधिवेशन सम्पन्न भइसकेको छ ।














