आज फागुन १ गते, जनयुद्ध दिवस मनाइँदै, केही स्थानीय तहमा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

जनयुद्ध दिवसका देशका विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *