आज दुईवटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत बिहीबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ। 

मध्याह्न १२ बजे समितिकै कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) बारे छलफल हुनेछ।

आजै राज्य व्यवस्था तथा सुशासन समितिको पनि बैठक बस्दैछ।

राज्य व्यवस्था समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने तय भएको संसद सचिवालयले जानकारी दिएको छ।

उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *