नेपाल लोकतान्त्रिक व्यावसायी संघ काठमाडौं जिल्ला अध्यक्षमा मन्जयप्रकाश श्रेष्ठ निर्वाचित

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्तिक यातायात व्यवसायी संघ काठमाडाैं जिल्लाको अध्यक्षमा मन्जयप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

आइतबार थानकोटमा आयोजित संघको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय गरेको छ ।

संघको उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, सचिवमा लक्ष्मण तिमल्सीना, कोषाध्यषमा विनिता बस्नेत, सहसचिवमा राजन देउला चयन हुँदा संघको सदस्यमा क्रमश मोहनजंग बस्नेत, विसन नाथ, नरहरी बलामी, महेन्द्र श्रेष्ठ र हिराकृष्ण शाही चुनिएका छन्।

३ जना सदस्य चयन हुन बाँकी छन् ।

चन्द्रागिरि नगरपालिका नगर सभा सदस्यसमेत रहेका अध्यक्ष श्रेष्ठ थानकोट नगर यातायात प्रालिका अध्यक्षको जिम्मेवारीमा छन् ।

नेपाली काँग्रेस काठमाडाैं जिल्ला सभापति सबुज बानियाँ लगायतले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *