नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोयो
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा थप ५ सय बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको हो।
यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ ।
हिजो बुधबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।














