सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको ४ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *