सुनको मूल्य उकालो लाग्ने क्रम यथावत्
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।
हिजो आइतबार तोलामा ३ सय रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार ५ सय रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको हो।
सोमबार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम छ ।
सोमबार चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ।
हिजो आइतबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको हो ।














