सुनको भाउ घट्दा चाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन (बुधबार) को तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने सामान्य बढेको छ ।
बुधबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको हो।














