परराष्ट्र मन्त्री डा.राणा भारत प्रस्थान
थानकोट ।
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
डा.राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् ।
उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री डा.राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा.राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरूको सहभागिता रहनेछ ।
भारतमा रहँदा राणाले भारतीय प्रधानन्त्ती नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ ।
नेपालले जेठमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि मोदीलाई निम्ता दिने उनको तयारी छ ।














