बबरमहलमा माेटरसाइकल दुर्घटना, २६ वर्षीय युवाको ज्यान गयाे
थानकोट ।
काठमाडौंको बबरमहलमा मोरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ बबरमहल चोक नजिक सडकमा बा. ८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माईतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।


















