नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

यी हुन मनोनीत भएका सदस्यहरू

–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
–ई. प्रेमचन्द्र राय, महोत्तरी
–विजया श्रेष्ठ के.सी., ललितपुर
–प्रा. मोहनजंग शाह, बाँके
–डा. निरञ्जन कोइराला, कास्की
–कुमार लामिछाने, वर्दिया
–रमा के.सी., सुर्खेत
–प्रेमलाल चौधरी, कैलाली
–शेरबहादुर सार्की, बाजुरा
–दिलिप कार्की, कञ्चनपुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *