राजेन्द्र लिङ्देनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल

Thankot Times

थानकोट ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरूलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरूलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरूलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *