फेसबुक लाईभ गर्दै दुर्गा प्रसाईंले भने-आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।
गत १५ चैतदेखि प्रहरीको खोजीमा रहेका प्रसाईं आइतबार दिउँसो फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठभमी पारेर प्रसाईंले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् ।
उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्।
आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।














