महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।

गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना  तय गरेको थियो।

कार्यालय बिदाका दिन अर्थात् शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि यसै फर्किएको छ।

साथै, काठमाडौं महानगरले साे पत्र हुलाकमार्फत पठाउने तयारी गरेकाे बुझिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *