९ वटा वाणिज्य बैंकको नाफा घट्याे
थानकोट ।
वाणिज्य बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ दशमलव ४५ प्रतिशतले बढेको छ ।
गएको वर्षको साउनदेखि चैत मसान्तसम्म ४० अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका २० वटा बैंकहरूले यो वर्षको साउनदेखि चैत मसान्तसम्ममा ४१ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
२० मध्ये ९ वटा बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ भने ११ वटाले नाफा बढाएका छन् ।
कुमारी, सिटिजन्स, एनआईसी एशिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको हो । यीमध्ये एनआईसी एशियाको नाफा झन्डै ९२ प्रतिशतले घटेको छ ।
यस्तै, हिमालयनको ७४ र कुमारी बैंकको ७३ प्रतिशतभन्दा धेरैले नाफा घटेको छ ।
सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ हजार ३२ प्रतिशत अर्थात् २१ गुणाले बढेको छ ।














