विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, तपाँईलाई पनि पर्यो कि ? यसरी हेर्नुहोस नतिजा

Thankot Times

थानकोट ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन खुला गरेको थियो भने आज काठमाडौंको ठमेलस्थित बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले कुल ५१ हजार २९२ दशमलव ५० कित्ता शेयर निष्काशन गरेको थियो। १ सय रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको एफपीओमा आम लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस एफपीओका लागि १९ लाख २० हजार ९३९ जना आवेदकले कूल २ करोड २१ लाख ४३ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए। तर, आवेदन प्रक्रिया अपूरो र त्रुटिपूर्ण भएका कारण २ हजार ५ सय २३ जनाको आवेदन अस्वीकृत गरिएको हो।

बाँडफाँटका आधारमा ५ हजार १ सय २९ जना भाग्यशाली लगानीकर्ताले मात्र १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यो हिसाबले अधिकांश आवेदकले कुनै पनि कित्ता पाउन सकेनन्।

एफपीओको नतिजा हेर्नको लागि बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयर पोर्टल, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट तथा विन नेपाल लघुवित्तको आधिकारिक वेबसाइट प्रयोग गर्न सकिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *