पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजारले पाए, १७ लाख २७ हजार जनाको हात रित्तो

Thankot Times

थानकोट ।

पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।

वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।

१ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.४ प्रतिशत हो ।

बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको हो ।

यस बारेको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *