वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थानकोट चेकपोष्टका २ जना समातिए
थानकोट ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सुजनकुमार उप्रेती र उमेश गुरुङ छन् ।
उप्रेतीले माल्टा लैजाने भन्दै पीडितबाट २४ लाख रुपैयाँ पैसा लिएर लामो समयसम्म झुक्क्याएर राखेको र गुरुङले युएई पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ लिएर नपठाएको भनेर पीडितले दिएको जाहेरीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुवै जना चन्द्रागिरि बस्दै आएको सो कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहरप्राद भट्टले जानकारी दिए ।












