दक्षिण कोरियाली संस्थाले चन्द्रागिरि नगर अस्पतालमा संरचना बनाइदिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र दक्षिण कोरियाको गैरसरकारी संस्था वेटर वर्ल्डका प्रतिनिधिबीच विभिन्न विषयमा छलफल भएको छ ।
बुधबार नगरप्रमुखको कार्यकक्षमा भएको छलफलमा नगर प्रमुख गिरीले वेटर वर्ल्डका प्रतिनिधिलाई नगरको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी दिएका थिए ।
सबै वडामा शहरी स्वास्थ्य केन्द्र भएकोले चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने नगरको नीति रहेको बताउँदै नगरप्रमुख गिरीले नगरपालिकाले दिंदै आएको स्वास्थ्य सेवामा नगरबासी सन्तुष्ट रहेको बताए ।
सो क्रममा नगरप्रमुख गिरीले दक्षिण कोरियाली पाहुनालाई थानकोटस्थित नगर अस्पतालमा बर्थिङ सेन्टर संचालन भइरहेकोले स्थानमा अभावले गर्भवती र सुत्केरीले समस्या झेलिरहेकोले सो क्षेत्रमा सुविधायुक्त ट्रस निर्माण गरिदिनको लागि आग्रह गरेको बताइएको छ ।
सो बारेमा कोरियाली टोली सकरात्मक भएको बुझिएको छ ।
सो संस्थाको सहयोगमा गत शनिबार चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर पनि सञ्चालन भएको थियो श्र












