राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद् मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Thankot Times

थानकोट ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सदनमा प्रस्तुत गर्दैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले  दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । 

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले २ः४५ सम्म प्रतिनिधि सभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् । 

नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । 

वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने संसद्को कार्यसूची छ । 

वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ ।

संविधानअनुसार जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थ मन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *