स्थानीय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

Thankot Times

थानकोट।

सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।

साना स्थानीय तहले पनि दरबार जत्रा भवन बनाउन थाले पछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।

आगामी वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।

सो घोषणासँगै अब स्थानीय तहले बनाउने भवन केन्द्रीय सरकारको नीति अनुसार बन्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *