नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *