नेपाल प्रहरीका ७७ जना नयाँ इन्स्पेक्टरको पदस्थापन (सूचीसहित)
थानकोट ।
नेपाल प्रहरीका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।
शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो ।
गृह मन्त्रालयको निर्णयानुसार जनपद प्रहरी समूहतर्फ नयाँ नियुक्ति भएका प्रहरी निरीक्षकहरूको पदस्थापन गरिएको हो ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रहरी महानिरीक्षकको वैशाख १९ गतेको निर्णयानुसार उनीहरूको पदस्थापना गरिएको मानव स्रोत विकास विभागले जनाएको छ ।


















