नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
थानकोट ।
सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक आज दिउँसो २ बजे बस्ने छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।












