बजारमा आज सुनको भाउ कति छ ?
थानकोट ।
कारोबारको हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ एक तोला १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी भाउ १ हजार ९ सय १० मा खरिदबिक्री भइरहेको छ।
महासङ्घका अनुसार आज छापावाल सुन अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













