नागढुङ्गा नाकाबाट समातिए २० वर्षीय युवा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१२ बस्ने २० वर्षीय मोहमद अली अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस बारेमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।












