आजदेखि बैशाख मसान्तसम्म नागढुङ्गा-पिपलामोड सडक राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

Thankot Times

थानकोट ।

आज (सोमबार) देखि त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिपलामोड सडक खण्ड १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार सडक मर्मतका लागि आजदेखि वैशाख मसान्तसम्म सो सडक खण्डमा राति ११ बजेदेखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने छ ।

काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ।

सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक सडक प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

खत्रीपाैवा-नागढुङ्गा सडक बन्द हुँदा काठमाडाैं प्रवेश गर्न र बाहिरिन सितापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *