सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य बढेको हो ।

यसदिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ ।

यसदिन चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *