सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो
थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।
हिजो बुधबार प्रतितोला एक हजार सात सय रूपैयाँले बढेको सुनको भाउ बिहीबार भने प्रतितोला ६ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।
बिहीबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा बिहीबार चाँदीको भाउ प्रतितोला १० रूपैयाँ घटेको महासंघको भनाइ छ ।













