नागढुङ्गा चोकमा प्रहरीबीचमा भएको लछारपछारको भिडियो भाइरल

Thankot Times

थानकोट ।

राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका नागढुङ्गामा कार्यालय पाेसाकमा रहेका ट्राफिक प्रहरीका निरीक्षकले जनपथ प्रहरीका जवानलाई झापड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

करिब २५ सेकेन्डको सो भिडियोमा ट्राफिक प्रहरीका निरीक्षकले जनपथ प्रहरीका जवानलाई ३ झापड हानेको देखिन्छ । 

काठमाडाैंबाट बाहिरिँदै गरेको गाडीको अघिल्लो भाग (चालक बस्ने स्थान) बाट खिचेको जस्तो देखिने सो भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको हो । 

प्रहरी निरीक्षकले एक जवानलाई केही भन्दै गरेको जस्तो देखिएको छ भने ती जवान भाग्न खोजेको भिडियोमा देखिन्छ । भिडियोमा ट्राफिक प्रहरीले ती जवानलाई लछारपछार गरेकाे समेत देखिएको छ । भिडियाे दिउँसोको समयमा खिचेको प्रष्ट हुन्छ ।

सामाजिक सञ्जालमा उक्त भिडियो छरपस्ट भएपछि साे काे आधिकारिकता र तथ्य जाँचकाे काम भइरहेको प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *