सुनको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ३ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एकहजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।













