सुनको भाउमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेको छ ।

जसअनुसार आज सुनको भाउ तोलाको १ लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो कारोबार दिन गत शुक्रबार सुनको भाउ तोलाको १ लाख ८४ हजार आठ सय रुपैयाँ थियो ।

आज आइतबार चाँदीको भाउ पछिल्लो कारोबार दिनको तुलनामा कुनै घटबढ भएको छैन् ।

यस दिन चाँदीको भाउ तोलाको १ हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ