बागमती प्रदेश सभा बैठक निर्धारित समयभन्दा ढिला गरि सुरु

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभा बैठक सोमबार प्रदेशसभा भवन हेटौँडामा सुरु भएको छ ।

निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो ।

सोमबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक दिउँसो एक बजेपछि सुरु भएको हो ।

सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।

अधिवेशन बैठक सुरु गर्न भए पनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ ।

सत्तापक्ष र प्रतिपक्ष दलबिचको सहमतिपछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *