सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको चाैथो दिन नेपाली बजारमा बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

हिजो मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

अघिल्लो कारोबार दिन हिजो मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ