सुनको मूल्य बढ्ने क्रम जारी
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बुधबार तोलामा पाँच हजार रुपैयाँ बढेको छापावाल सुनको भाउ बिहीबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।















