सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रति तोलामा २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ प्रति तोला एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

हिजो सुन प्रतितोला एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलबार चाँदी १० रुपैयाँ घटेर एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ