रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, चन्द्रागिरि र कीर्तिपुरका जनप्रतिनिधि रथ तान्न पुगे पाटन

Thankot Times

थानकोट ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ बिहीबार (जेठ १५) ललितपुरको जावलाखेल पुर्‍याइएको छ । ललितपुर महानगरपालिका–६, ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको हो ।

रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा गरिन्छ ।

बिहीबार चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका का जनप्रतिनिधिहरू तथा सात गाउँले गुठीका गुठीयारहरू लगायत रथ तान्न ललितपुर पुगेका थिए । ललितपुर महानगरपालिकाले ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइने दिन वर्षेनी सात गाउँले जात्राका गुठीयारहरूलाई रथ तान्न निम्तो पठाउने परम्परा छ ।

रथ यात्रामा सहभागीताका लागि चन्द्रागिरि नगरले सवारीसाधनको व्यवस्था गरेको थियो ।

तस्वीरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *