नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

हिजो बिहीबार सुनको भाउ तोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ। 

महासङ्घका अनुसार शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ